माघ १३, काठमाडौ – नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दिनमा ६ घण्टा बन्द गरिने भएको छ।
रातमा सवारी रोकेर गरिएको काम प्रभावकारी हुन नसकेपछि आजदेखि बिहान १० बजेदेखि दिउसो ४ बजे सम्म सवारी–साधन रोकेर काम गरिने भएको छ ।
यसअघि भने सडक विस्तारको कामलाई तीव्रता दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म गाडी रोकेर काम गरिदै आएको थियो ।
नारायणगढ–मुग्लिन सडक आजबाट दिनमा ६ घन्टा बन्द
