मुलुकलाई खर्बौ आर्थिक भार – मुलुकको गन्तव्य ग्रिस कि चिली ?

माघ १२,काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको एउटा निर्णयले मुलुकलार्य चालु आर्थिक बर्षमा एक खर्ब रुपैयाँ आर्थिक भार थपिएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भुकम्पपीडितलाई एक लाख रुपैयाँका दरले थप अनुदान दिने, ६५ बर्ष पुगेका ज्येष्ठ नागरिकलार्य वृद्धभत्ता दिने, मृगौला मुटुरोगलगायत गम्भीर प्रकृतिका रोग लागेका
विरामीलाई मासिक ५ हजार भत्ता दिनेजस्ता निर्णय गरेको छ ।

यो निर्णयले चालु बर्षमा सरकारलार्य एक खर्ब रुपैयाँ आर्थिक भार थपिने भएको हो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।