कांग्रेस नेता रामचन्द्र पौडेल भन्छन :‘देउवाको नेतृत्वले पार्टीलाई नोक्सान भयो’

माघ, ४ काठमाडौं—कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादु देउवाको आफ्नै पार्टि भित्र कडा आलोचना भएकोछ । कुसल नेतृत्व क्षमता नभएकोले गर्दा गलत निर्णय र कार्यशैलीका कारण पार्टीले भारी नोक्सान वेहोर्नु परेको देउवालाई आरोप छ ।
निर्वाचन पछि कांग्रेसले पहिलो पटक बिहिबार बैठक बोलाएको थियो । जहां पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षीय सदस्यहरुले देउवाको नेतृत्वमाथि आलोचना गरेका हुन् । तर देउवा पक्षिय सदस्यहरुले भने उनको समर्थन जनाएका थिए । नेता पौडेलका अनुसार देउवा प्रधानमन्त्री हुदा पार्टीमा धेरै नोक्सान भएको बताए ।
उनले अबदेखि सरकारमा उनी प्रति नेतृत्वको आकांक्षा नराख्न पनि सुझाव दिए । देउवाले आफुलाई ज्योतिषले ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेको विषयमा समेत पौडेलले आलोचना गरे । उनले देउवा जति पटक प्रधानमन्त्री बन्नुहुन्छ उति पटक नै पार्टीले क्षति भोग्नु पर्ने गुनासो गरे । ‘अब भने पार्टी बचाउनु पर्छ’, पौडेलले भने, ‘निर्वाचनमा पार्टी पराजित हुनुमा प्रधानमन्त्री देउवाकै कारण हो ।’