शुक्रबारबाट दुई चलचित्र प्रदर्शनमा आएका छन । जसमा रामबाबु गुरुङ निर्देशित चलचित्र ‘मिस्टर झोले’ र ओम प्रतिक गुरुङ निर्देशित चलचित्र ‘बटरफ्लाई’ रिलिज भएका हुन । चलचित्र मिस्टर झोले दयाहाङ राई , दिया पुन ,बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका छ ।
आजबाटै प्रदर्शनमा आएको चलचित्र ‘बटरफ्लाई’मा अभिनेत्री प्रियंका कार्की , आर्यन अधिकारी, रविन्द्र खड्का, अर्पण थापा, पुराण थापा, सुषमा कार्की लगायतका कलाकारको अभिनय रहेको छ । रमेश प्रजापति कार्यकारी निर्माताको रूपमा रहेको चलचित्रमा पुष्पाञ्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदी निर्माताको रूपमा रहेका छन ।
फ्राईडे रिलिज हलहलमा ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’
