पुस, २५ विराटनगर—लामो समयदेखि भारतीय कम्पनीको लापरवाहिका कारण रोकिएको कानेपोखरी—रंगेली सहायक मार्ग निर्माण कार्य अब नेपाली कम्पनीले दिने भएकोछ । लामा डांफे दी कञ्चनजंघा कन्सट्रक्सन प्रालिलाई अपुरो सडकको काम सम्पन्न गर्ने जिम्मा लिएको हो । कम्पनीले चार वर्षपछि कालो पत्रे काम थालनी गरेकोेछ ।
सरकारले सडकमा पर्ने निजी जग्गा अधिग्रहणवापत पांच करोड ६ लाख ५६ हजार रुपैया मुआब्जा प्रदान समेत गरेको थियो । सडक निर्माणको जिम्मा भारतयि कम्पनी जाीभीआरले लिएको थियो । आसार २०७६ मा कालोपत्रे सडक बनाई सरकारलाई जिम्मा लगाउने हुलाकी सडक आयोजनाका क्षेत्रीय योजना प्रमुख शैलेन्द्रमणि त्रिपाठीले बताएका छन् ।
भारतीय कम्पनीको भरपर्दा कानेपोखरी रंगेली सहायक मार्ग अलपत्रः नेपाली कम्पनीले काम सुरु गरे
