सम्भव छ असारभित्रै तुइन मुक्त मुलुक ?

 

पुस १४, काठमाडौँ – चालू आर्थिक वर्ष भित्रमा मुलुक तुइन मुक्त हुने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) ले चालू आर्थिक वर्ष भित्र मुलुक तुइन मुक्त हुने बताएको हो ।
डोलिडारका अनुसार हाल देशभरका तुइन विस्थापित गरी झोलुंगे पुल निर्माण गर्ने कार्य तीव्र गतिमा भइरहेको छ । ‘देशभरि कुल १ सय ४८ वटा तुइन विस्थापित गरी झोलुङगे पुल बनाउनु पर्छ भनेर पहिचान भयो र काम थाल्यौं,’ डोलिडारका महानिर्देशक जीवनकुमार श्रेष्ठले भने, ‘गत आर्थिक वर्षमा ६२ वटा झोलुंगे पुल बनाइसकेका छौं । चालू आर्थिक वर्षको चार महिनाको अवधिमा थप १० वटा बनाइसकेका छौं, ७४ वटा यही वर्ष भित्र सम्पन्न गर्नेछौं ।’ श्रेष्ठका अनुसार दुईवटा झोलुंगे पुल भने लामो दुरीका भएकाले थप एक वर्ष लाग्नेछ ।
राजधानीबाट