यस्ता कुुरा उठे दलित संसदमा

प्रकृती दाहाल
पुुष १३, काठमाडौ—दुुई दिने ११ औं दलित संसद राजधानी बिहिबार सम्पन्न भएकोछ । बुधबारदेखि सुुरु भएको कार्यक्रम काठमाडौ घोषणा पत्र जारी गर्दै समपन्न गरिएको हो । विभिन्न संघ दलित संस्थाको संयुक्त आयोजनामा गरिएको
कार्यक्रममा देशभरका दलित समुदायको प्रतिनिधित्व थियो । दलित समुुदायको विगत, वर्तमान र भविष्यबारे छलफल गरिएको थिए । नेपालको संविधान, कानुन निर्माण प्रक्रिया र दलित आन्दोलनको भुमिका, स्थानीय तहको नीति निर्माण प्रक्रिया, दलित समावेशीकरणका सवालहरु, दलित अधिकार सम्बन्धी एकीकृत कानुन, दीगो विकास लक्ष्य र आगामी बजेटबारे छलफलफ गरिएको थियो ।

नेकपा माओवादी केन्द्रका नेता विश्वभक्त दुलाल (आहुत) ले दलित समुदायको हित पुजीवादी धारबाट सम्भव नहुने बताएका छन् । उनले सम्बृद्धिको मोडल उपेक्षीत वर्गको पक्षमा हुनुपर्नेमा जोड दिएका छन् ।
संसद्मा उठेका दलित सवाललाई काठमाडौ घोषणा पत्र बनाएर सरकार समक्ष पेश गर्ने भएका छन् । संसद्मा पुर्व सभासद् जीवन परियार, जनजाति माहासंघका पुर्व महासचिव बालकृष्ण माबुहाङ, अधिवक्ता प्रकाश नेपाली, डिएचआर नेपालका अध्यक्ष सुशील बिके, अधिकारकर्मी हिरा विश्वकर्मालगायतले दलितबारे विचार राखेका थिए ।