यस्ता छन , २०७५ सालका मुख्य चाडपर्व बिदाहरु

 

पुस १२,काठमाडौं – २०७५ सालको दसैंको टीका २ कात्तिकमा परेको छ । यसैगरी भाइटीका २३ कात्तिकमा परेको छ । २०७५ सालको दसैं २४ असोजमा सुरु हुने छ । त्यस दिन घटस्थापना गरिने छ । यसैगरी ३० असोजमा फूलपाती, ३१ गते महाअष्टमी परेको छ भने १ कात्तिकमा महानवमी परेको छ । ७ कात्तिकमा कोजाग्रत पूर्णिमा परेको छ ।

तिहार भने १९ कात्तिक देखि सुरु हुने छ । त्यस दिन कागको पूजा गरी काग तिहार मनाइने छ । २० गते कुकुर तिहार, २१ गते लक्ष्मी पूजा र २२ गते गोबद्र्धन पूजा परेको छ ।यसैगरी साउन ३१ गते नागपञ्चमी, १० भदौमा जनै पूर्णिमा, ११ भदौमा गाईजात्रा, १७ भदौमा श्रीकृष्ण जन्माष्टमी परेको छ । यसैगरी हरितालिका तीज २७ भदौमा परेको छ ।
राजधानीबाट