सशस्त्रका २० गोताखोरलाई निःशुल्क दुर्घटना बीमा

 

पुस ११, काठमाडौं – सशस्त्र प्रहरी बलका तालीम प्राप्त गोताखोरको निःशुल्क रुपमा व्यक्तिगत दुर्घटना बीमा गरिएको छ । विपद व्यवस्थापनको कार्यमा सशस्त्र प्रहरी कर्मचारीले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ४४ औँ स्थापना दिवसको अवसरमा उनीहरुको निःशुल्क बीमा गरेको हो ।

तालीम प्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई निःशुल्क बीमा पोलिसी हस्तान्तरण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. प्रणव सेनले जानकारी दिए। सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले देश र जनताको सेवालाई मूलमन्त्र सम्झिएर संगठन विपद व्यवस्थापन लगायत प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगबाट पूरा गर्न अनवरत रुपमा क्रियाशील रहेको सन्दर्भमा बीमाले थप उत्साह बढाउने बताए ।
राजधानीबाट