प्रदेशसभा समानुपातिकको फैसला आज

 

पुस ७,काठमाडौँ – समानुपातिकतर्फबाट पाएको मतको आधारमा राजनीतिक दलले प्रदेशसभामा पाउने सिट संख्या आज (शुक्रबार) घोषणा हुने भएको छ ।
निर्वाचन आयोगले बिहीबार साँझसम्म सिट संख्या गर्ने तयारी गर्दागर्दै नसकिएपछि आज सार्वजनिक गर्न लागेको हो । नेपाल समाचारपत्रमा पहिलो पृष्ठमा खबर छ ।
आयोगले सातै प्रदेशबाटराजनीतिक दलले प्राप्त गरेका सिट संख्यालाई आयोगस्थित समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले बिहीबार अबेरसम्म मतपरिणामलाई पुन परीक्षण गर्ने कार्य गरेको थियो ।