कांग्रेसको घटायो समानुपातिकमा मतान्तर

 

पौष १, काठमाडौ— पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा कांग्रेसले मतान्तर घटाएको छ ।

आयोगका अनुसार एमाले–कांग्रेसबीचको मतान्तर ५२ हजारको छ । मतगणनाका क्रममा एमालेले कांग्रेसलाई झण्डै १ लाख मतले पछि पारेको थियो । मतगणना अन्तिम चरणमा आइपुग्दा कांग्रेसले स्थिति सुधारेको मात्रै छैन, ३० लाख ६० हजार ८५० मत हासिल गरेको छ । एमालेले कांग्रेसको भन्दा ५२ हजार बढी अर्थात् ३१ लाख १२ हजार ७ सय ४७ मत प्राप्त गरेर अग्रता यथावत राखेको छ ।

नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादीको पक्षमा हालसम्म १२ लाख ७३ हजार ७७१ मत परेको छ भने संघीय समाजवादी फोरमले नेपालले चार लाख ५९ हजार ७१ बटुलेको छ । आजको अनलाइमा छापिएको छ ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालले चार लाख ४७ हजार ५२९, विवेकशील साझा पार्टीले दुई लाख ११ हजार ४९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९३ हजार ८७२ मत हासिल गरेका छन् ।