पश्चिमी वायुको प्रभावका कारण मुलुकभर चिसो बढ्दै

पौष १, काठमाडौ — पश्चिमी वायुको प्रभावका कारण देशैभरि चिसो बढ्दै गएको छ भने तापक्रम घट्दै गएको छ । तराईसहित हिमाल, पहाडसम्म क्रमिक रूपमा तापक्रम घट्दै गएको जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम क्षेत्रका तराईमा बादल लाग्नुका साथै हिमाली क्षेत्रमा हिमपात हुन सक्ने मौसमविद्हरुको भनाइ छ । समीर श्रेष्ठले बताए । तराईमा सामान्यतया बादल हुस्सुले छेकेर तीन दिनसम्म घाम नलागे मात्र शीतलहर चल्छ । अन्य समयमा चिसो भए पनि शीतलहर नचल्ने मौसमविद्को भनाइ छ ।

यस्तो छ तापक्रमको अवस्था
विभागको शुक्रबार बेलुकासम्मको तथ्यांकअनुसार सबैभन्दा कम तापक्रम जुम्लामा अधिकतम १६ दशमलव ८ डिग्री सेल्सियस छ भने न्यूनतम माइनस ३ दशमलव ७ डिग्री सेल्सियस छ । जोमसोम अघिकतम १५ दशमलव ५ डिग्री सेल्सियस र न्यूनतम शून्य दशमलव २ ढिग्री, जिरीमा अधिकतम १९ दशमलव ५, न्यूनतम १ दशमलव ५ डिग्री, विराटनगरमा अधिकतम २३ दशमलव ५ डिग्री न्यूनतम ४ दशमलव २ डिग्री, भैरहवामा अधिकतम १६ दशमलव ५ डिग्री र न्यूनतम ९ दशमलव ४ डिग्री सेल्सियस तापक्रम छ । काठमाडौँ उपत्यकामा अधिकतम २१ दशमलव २ डिग्री र न्यूनतम ३ डिग्री सेल्सियस तापक्रम छ ।