समानुपातिकतर्फ एमालेको अग्रता कायमै

२९ मंसिर, काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले)को अग्रता कायमै छ । निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार एमाले २८ लाख ९९ हजार ३३३ मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले २८ लाख १७ हजार ९३० मत ल्याई दोस्रो स्थान हासिल गरेको छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) ११ लाख ६६ हजार ३९५ मत सहित तेस्रो स्थानमा छ भने चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले चार लाख १३ हजार ८७० मत पाएको छ । त्यसैगरी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले तीन लाख ७१ हजार १३, विवेकशील साझाले १ लाख ९४ हजार ७५४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक लाख ८६ हजार ९५५, नयाँ शक्ति पार्टी नेपालले ७४ हजार ७३४, राप्रपा (प्रजातान्त्रिक) ले ७२ हजार ८९४ र नेपाल मजदुर किसान पार्टीले ५२ हजार २१५ मत ल्याएका छन् ।