मिथुन उल्का वर्षा देख्न चाहनुहुन्छ ? आज राती आकाशमा हेर्न नभुल्नु होला

मंसिर, २८ काठमाडौं— बिहिबार राती मिथुन उल्का वर्षा धेरै मात्रामा सक्रिय हुने छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटिले यस्तो आधिकारीक जानकारी दिएको हो । यस्तो प्रक्रियालाई आमा मानिसले कुनै यन्त्र विना नाङ्गो आंखाले समेत देख्न सकिनेछ ।

आज राती चन्द्रोदय ३ः५६ बजे र भोलि बिहान सुर्योदय ६ः४६ बजे हुने भएकाले उल्का अवलोकन का लागि राती ८ः४५ बजेदेखि ३ः५६ बजे सम्मको समय प्रभावकारी रहने सोसाइटिले जनाएकोछ । मंसिर १८ देखि पुष १ गते सम्म मिथुन उल्का देखा पर्ने छ । तर, सबै भन्दा सक्रिय चाहि आज बिहिबार हुने भएकाले देख्न सकिने छ । सोसाइटी अध्यक्ष सुरेश भट्टराईका अनुसार प्रतिघन्टा १ सय २० वटा सम्म उल्का देख्न सकिने बताएका छन् ।