समानुपातिकमा पनि एमालेले अग्रता कायमै

मंसिर २७, काठमाडौं – प्रत्यक्षतर्फ धेरै सिट जितेको नेकपा एमालेले समानुपातिकमा पनि अग्रता बनाएको छ । देशभरिबाट अहिलेसम्म ५० लाख मत गणना हुँदा नेकपा एमालेले १८ लाख १६ हजार ३ सय ३७ मत पाएको छ ।
नेपाली कांग्रेसले १७ लाख ३२ हजार ९ सय ७० मत ल्याउँदा एमालेसँग गठबन्धन गरेको नेकपा माओवादीले ४ लाख १६ हजार २४ मत आएको छ । यी ३ दलले मात्र अहिलेसम्म गनिएको मतको ३ प्रतिशत कटाएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन अनुसार समानुपातिकमा ३ प्रतिशत मत नल्याउने दलले समानुपातिकमा कुनै सिट पाउने छैनन् । चौथो स्थानमा रहेका संघीय समाजवादी फोरमले २ लाख २० हजार ५ सय १७ मत पाउँदा राष्ट्रिय जनता पार्टी नेपालले १ लाख ६२ हजार ५ सय २७ मत ल्याउँदै पाँचौ स्थानमा छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल १ लाख १८ हजार ५ सय ६५ मतसहित छैठौं स्थानमा रहँदा आठौं स्थानमा रहेको विवेकशिल साझा पार्टीको १ लाख १३ हजार ८ सय ६० मत छ । नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक र राष्ट्रिय जनमोर्चाको भने एक लाख कटेको छैन ।