नवौ मानव अधिकार राष्ट्रिय महाभेला सुरु


प्रकृती दाहाल –इमेल खवर
राजधानीमा एक समारोहका बिच नवौ राष्ट्रिय महाभेला सुरु भएको छ । राष्ट्रपति बिद्यादेबी भण्डारीले समारोहको उद्घाटन गर्दै मानवअधिकार बारे प्रकाश पारिन । पछिल्लो समय खाद्यन्नमा अत्यधिक बिषादिको प्रयोगले उपभोतलाई प्रत्यक्ष असर परेको र यो पनि एक प्रकारको मानव अधिकारको हनन भएको बताइन ।
अहिले बिशेष गरि महिला र युवाको थिममा रहेर मानवअधिकारलाइ कसरी संरक्षण गर्ने बारेमा केन्द्रित रहेर ‘बिकास र संवद्धिको आधार , महिला र युवाको समान अवसर’ भन्ने नाराका साथ नवौ मानव अधिकार राष्ट्रिय महाभेला सुरु गरिएको अध्यक्ष लिलि थापाले जानकारी दिइन । महाभेलाको संयोजक संकल्पकी अध्यक्ष लिलि थापाले गरेकी थिइन ।


मानवअधिकारको बारेमा संकल्पकी अध्यक्ष लिलि थापा, महिला अधिकारकर्मी चादनी जोशी, सल्लाहकार अनुप राज शर्मा, लगायतले बोलेका थिए ।
यसै सन्र्दभमा राष्ट्रपतिले मानव अधिकार सम्मान २०७४ शान्ता लक्ष्मी श्रेष्ठ महिला पुरुस्कार अपाङ महिला रमा ढकाल लाई रु १५००० नगद सहित सम्मान गरेकी थिइन ।


त्यस्तै संकल्प शान्ति सद्भाव पुरुस्कार गोमा कुमारी बस्याल पोखरेललाई रु १२ हजार १२ सय रुपैयाका साथ सम्मान गरिन र त्यस्तै अधिकारकार्मी सुनी लामालाइ पनि १२ हजार १२ सय रुपैयाका साथ सम्मान गरिएको थियो तर उनको अनुपस्थिको कारणले प्रतिनिधिले पुरुस्कार ग्रहण गरेकी थिइन ।
महाभेला मंसिर २३ गतेदेखि ३ दिन सम्म चल्नेछ ।