शिवाताको सम्झनामा रागीनि

काठमाडौं(इमेलखबर)—आमाको लागि सन्तान जस्तो ठुलो उपहार अरु के हुन सक्छ ? जीवनकै अमुल्य उपहार पाउदा जति हर्ष उल्लास हुन्छ उति गुमाउनु पर्दाको पीडा चर्को हुन्छ । तर, ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति एंव वरिष्ठ कलाकार रागीनि उपाध्यायले छोरी शिवाताको सम्झनामा अमर बनाउने प्रयत्न गर्दैछिन् ।
अनाचक छोरीको शोकमा पुगेकी रागीनिले उनको सम्झनामा शिवाता लभ फाउन्डेशन खोलेकी छन् । जसमा मार्फत विभिन्न सामाजिक कार्यमा सक्रिय छिन् । यतिबेला भने शिवाता लभ फाउन्डेशकै आयोजनामा चार जना विदेशी कलाकारका सामुहिक कला प्रर्दशनी देख्न सकिन्छ ।


बबरमलस्थित आर्ट काउन्सीलमा फिनल्यान्डबाट आएका ४ जना महिला कलाकारले कोरेका चित्र प्रर्दशनमा राखिएका छन् । उनीहरुले रागिनीको घरमै बसेर चित्र कोरेका हुन् । ‘ब्लाईङक अफ एन आई’ थिममा कोरिएका चित्रहरु मन छुने छन् । फाउन्डेशन खोलेको एक वर्षको अवधिमै स्कुल तहका २ जना बालिकार्ला छात्रवृत्ति प्रदान गरेकोछ । साथै ललितकलामा स्नातक गरिरहेका एक जना विद्यार्थीलाई पुरा छात्रवृत्ति प्रदान गरेको छ । प्रर्दशनीमा राखिएका चित्रको विक्रि भएको ६० प्रतिशत रकम शिक्षामा लगानी गरिनेछ ।