राजधानीमा नवौं मानव अधिकार राष्ट्रिय भेला हुदै

 

इमेलखबर
मंसिर, १९ काठमाडौं—मानव अधिकारको संरक्षण, हक हित र विषयमा केन्द्रित भएर ९ औं मानव अधिकार राष्ट्रिय महाभेला २०७४ आयोजना गर्न लागिएकोछ । राजधानीमा हुन लागेको महाभेलामा विभिन्न संघ संस्था, मानव अधिकार आयोग, महिला आयोग लगायतको सहभागीता हुनेछ ।  डिसेम्बर ९, १० र ११ गति तीन दिने महाभेलाको मुल अन्तराष्ट्रिय नारा ‘हाम्रो अधिकार, हाम्रो स्वतन्त्रता ः सधैका लागि’ राखिएकोछ भने ‘सम्बृद्धि र विकासको आधार : युवा र महिलालाई समान अवसर’ भन्ने राष्ट्रिय मुल नारा राखिएकोछ ।

भेलाको उद्घाटन पछि सहभागी बिच भुकम्प पश्चात पुननिर्माण स्थलगत अध्ययन प्रतिवेदन, अपांगता भएका महिला माथि हुने हिंसा, दोलखा जिल्लामा स्थानीय तहमा निर्वाचित महिला नेताहरुको कार्य अनुभव, युवाहरुको लागि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्तावना २२५० कार्यान्वयन लगायत विषयमा कार्यपत्र प्रस्तुत हुने मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको थियो ।
यो वर्ष संकल्पकी लिली थापाले राष्ट्रिय संयोजकको भुमिका निर्वाह गरेकी छन् । महाभेलामा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा गरिनेछ । त्यस्तै समापन चाहि उपराष्ट्रपति नन्दबहादुर पुनलेद्धारा हुनेछ । यसै सन्र्दभमा महिला अधिकारको क्षेत्रमा योगदान पुराउनु भएका दुई जना महिलालाई संकल्प शान्ति पुरस्कार र शान्तालक्ष्मी श्रेष्ठ महिला मानव अधिकार पुरस्कार प्रदान गरिने समेत पत्रकार सम्मेलनमा जानकारी गराईएकोछ ।