चुनावमा शीर्ष नेताको व्यस्तताः कुन नेता कहा व्यस्त छन् ?

काठमाडौं(इमेलखबर)—चुवानी मैदानमा उम्मेदवारहरु कम्मर कसेर भोट् माग्दैछन् । दोस्रो चरणको निर्वाचवनका लागि राजनीतिक दलका शीष नेताहरुको व्यवस्तता समेत उत्तिकै बढ्दोछ ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा यतिबेला सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा व्यस्त छन् । उी निर्वाचन पछि मात्रै काठमाडौ फर्किने उनका स्वकीय सचिव भानु देउवाले जनाएका छन् । यस लगत्तै उनी डोटी, अछाम, कैलाली लगायत ठाउमा चुनावी महोल सिर्जना जाने छन् । कैलाली बाट उम्मेदवार बनेकी पत्नी आरजुलाई जिताउन समेत देउवा त्यहा पुग्दै छन् । यतातिर आफु पनि डडेलधुराबाट प्रतिनिधि सभामा सदस्य उम्मेदवार रहेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला गृह जिल्ला झापामा छन् । उनी त्यहा निर्वाचन क्षेत्रसंगै मोरङ, उदयपुर र सुनसरीका विभिन्न गतिविधिमा संलग्न हुनेछन् । साथै आइतबार चाहि चितवन र नवलपरासीमा समेत सहभागी हुने जानकारी आएकोछ । त्यस्तै, माओवादी केन्द्रिका अध्यक्ष प्रचण्ड भने चितवनको चुनावी कार्यक्रम काठमाडौ आएका छन् । काठमाडौ र ललितपुरको चुनावी कार्यक्रममा सहभागी हुन काठमाडौ आएका हुन् ।