काठमाडौमा कहां—कहां हुदैछ पिच

मंसिर, १५ काठमाडौं—उपत्यका धुलोबाट मुक्त पार्ने उदेश्यले सरकारले सडक पिच गर्ने कार्य सुरु गर्न थालेकोछ । काठमाडौ उपन्यकामा सडक विभाले यो वर्ष ८० किलोमिटर पिच गर्ने लक्ष्य राखेको हो ।
विभागका अनुसार मंसिरभित्र गौशला—रातोपुल, माइतिघर हुदै हनुमानस्थान बानेश्वर सम्म र कलंकिको नागढुंगाामा सडक पिच गर्ने योजना बनाएकोछ । झन्डै ३ सय १७ किलोमिटर सडक पिच गर्नु पर्ने भएपनि काठमाडौंमा सडक विस्तारमा विभिन्न अवरोध सिर्जना भएको १ सय ३२ किलोमिटर मात्रै सकड पिच गरेको विभागले जनाएकोछ ।
मेलम्चीको पाइप बिछ्याउन बांकी रहेका सडकमा समेत अहिले विभागले अस्फाल्ड पिच गर्ने योजना बनाएकोछ । त्यस्तै, चाबहिल गौशालाको सडकखण्ड चाहि बुधबार रातीदेखि पिच गर्न सुरु गरिएको थियो । यसलाई १७ गते सम्म पुरा गरिने विभागले बताएकोछ ।