मंसिर, १३ काठमाडौं—बुधबार बिहान बम विस्फोट हु“दा उदयपुरमा उम्मेदवार लगायत ४ जना घाइते भएका छन् । नगरपालिका—६ मा बस विस्फोट भएपछि क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएको जानकारी प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले बताएका छन् ।
बम विस्फोटनमा परि कार्की संगै धनमाया धौलाकोटी, राजन कार्की, धौलाकोटी र निरा कटुवाल समेत घाइते भएका छन् । स्रोतका अनुसार घाइते हुनेमा सबै कागं्रेस कार्यकता भएको जानकारी आएकोछ । कार्कीलाई हेलिकोप्टर बाट उपचारका लागि काठमाडौं पठाउन लागेको जिल्ला अधिकारी श्रेष्ठले जनाएका छन् । प्रहरी घटनाबारे आवश्यक छानबिन गरेपनि अहिले सम्म कसले कार्कीमाथि बम प्रहार गरेको जानकारी खुलेको छैन । ब
उदयपुरमा कांग्रेस उम्मेदवार माथि बम विस्फोट
