शिर्ष नेताहरु कसले कहाँबाट मतदात गरे ?

 

काठमाडौ–बिभिन्न ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आज मतदान भइरहेको छ । शीर्ष नेताले समेत आ–आफनो क्षेत्रबाट मतदान गरिरहेका छन । कुन नेताले कहांबाट मतदान गरे भन्ने बारे एक रिपोर्ट

गोरखा क्षेत्र नं –२ मा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिक–८ को जौवारी मतदान केन्द्रबाट मतदान गरेका छन भने र नयाँ शक्तिका संयोजक बाबुराम भटराईले गोरखा २ पालुङटार नगरपालिका अन्नपुर्णमावि खोप्लाङमतदान केन्द्रबाट मतदान गरेका छन् । श्रेष्ठ र भट्टराई दुवैले गोरखा २ बाट प्रतिश्पर्धा गर्दैछन् ।


त्यस्तै एमाले सचिव योगेश भटटराइले ताप्लेजुङको मैवाखोला गाउँपालिका ३ नारायणी उमावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।


त्यसैगरी माओवादी केन्द्रका नेता तथा रुकुमका उम्मेदावार जनार्दन शर्माले रुकुमको मुसिकोट नगरपालिका यमुनान्दमुना उमावि केन्द्रबाट मतदान गरेका छन् ।

 नेता बर्षमान पुन, पूर्व सभामुख ओनसरी घर्तीले रोल्पाबाट र अग्नि सापकोटाले सिन्धुपाल्चोक २ बाट मतदान गरेका छन् ।


सिन्धुपाल्चोकमै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाले सिन्धुपाल्चोकको सुनकोसी गापा महेन्द्रोदय उमावि केन्द्रबाट मतदान गरेका छन् । राणा सोही क्षेत्रको काङ्ग्रेस गठबन्धनको सहयोगमा राप्रपा प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् ।


राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले बाग्लुङबाट मतदान गरेका छन् ।
कांग्रेस नेता रामहरी खतिवडाले पनि ओखलढुंगाको मानेभञ्जाङ गाउँपालिकाको थाक्लेबाट मतदान गरेका छन् ।
एमाले नेता पृथ्वी सुब्बा गुरुङले लमजुङको बुधोदय मावि गिलुङबाट मतदान गरेका छन् ।