“जहाँ हुुन्छ क्यामेरा, त्यहाँ हुुन्छ धमाला”यसवारे के भन्छन ऋषि धमला ?

प्रकृती दाहाल (इमेल खवर) —नेपालको पत्रकारिता क्षेत्रमा ऋषि धमलाले फरक पहिचान वनाएका छन । लामो समय काममा खटिरहन सक्ने उनलाई जहा हुुन्छ क्यामेरा, त्यहाँ हुुन्छ धमला भनेर चर्चा समेत गर्ने गर्छन । यि र यस्तै सन्दर्भमा धमलासंग गरिएको एक संवाद ।

पत्रकारितामा किन लाग्नुु भयो ?

पत्रकारहरु संग मेरो सानै उमेर देखि संगत थियो । २०४६ सालको जनआन्दोलमा म १५ वर्षको थिए । त्यस बेला म ७ दिन जेल पनि परे थिए । हो ,  त्यसबेला देखि नै स्बतन्त्रता र प्रजातन्त्र ल्याउनुु पर्दछ भन्ने सोचका साथ म पत्रकारितामा प्रबेश गरेको हुुँ ।

जुुन उद्धेश्यका साथ पत्रकारितामा लाग्नुु भयो त्यहि बाटोमै हिडेको छुु भन्ने लाग्छ तपाईलाई ?

एकदमै सहि बाटोमा हिडेको छुु । मेरो यात्रा स्वतन्त्रताकै लागि छ । अहिले प्रत्रकारिताबाट सन्तुुष्ट छुु । अहिलेका युुवा पुुस्ताका लागि उदाहरणिय बनेको छुु ।

जहा हुुन्छ क्यामरा, त्यहा हुुन्छ धमाला भन्छन नि ? के तपाई क्यामेरा क्रेजी हो ?

त्यो एकदमै गलत कुुरा हो । यहा राम्रो मान्छेको खुुट्टा तान्ने प्रवृत्ति बढ्दो छ ।

भनेपछि तपाई राम्रो मान्छे हो ?

राम्रो नराम्रो भन्दा पनि जुुन हल्ला मेरो बारेमा तपाईले सुुन्नुुभयो नी त्यो एकदमै गलत हो । सत्यता छैन ।

तपाई नेताको अगाडि पछाडि हिडिरहनुु हुुन्छ । नेपाली नेता कस्तो लाग्छ नि तपाईलाइ ?

हो, नेताको नजिक छुु म । सायद मैले जति नेताको अन्तर्वार्ता कसैले लिएको छैन होला । अहिलेका नेताहरु दुरदर्शी छन । सकेजति भ्याएसम्म काम पनि गरेका छन ।

तपाई सासंद वन्न खोज्नुु भाको थियो । कांग्रेसले त पत्याएन तपाईलाई । राजपाले टिकट दिन्छुु भनेको थियो, किन उमेदवार वन्नुु भएन ?

नेपाली कागे्रंसले पनि मलाई धादिङबाट दिकट दिन्छुु भनेको थियो । राजपाका महन्थ ठाकुुरले पनि सर्लाहीबाट उठ्नुुस भन्नुु भएको थियो । तर ब्यबसायिक पत्रकारितामा अझै काम गर्ने सोच भएकाले यो पटक राजनितिमा आइन ।

भनेपछि भबिष्यमा नेता पनि बन्ने रहर छ ?

आर्थिक समृद्धीका लागि समयले साथ दिएमा अवस्य राजनिति गर्नेछुु ।