चितवनको अभिमतबाट राष्ट्रको नेतुुत्व गर्छु — प्रचण्ड

मंसिर ९, काठमाडौ —  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा विकासको लहर ल्याउनका लागि वाम गठबन्धन गर्नुपरेको बताएका छन ।

संयुक्त वाम गठबन्धनले आज शिवनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले विकासको लहरमा समाहित हुन सबैसँग आग्रह गरे ।

चितवनको अभिमतबाट राष्ट्रको नेतृत्व आफूले गर्न लागेको भन्दै अध्यक्ष दाहालले भने “सही समयमा सही निर्णय गर्नुपर्छ ।”

उनले यो देशको सामाजिक न्यायका निम्ति आफ्नो उम्मेदवारी रहेको भन्दै अब आफ्नो एजेण्डा आर्थिक समृद्धिको हुने बताए ।

लामो समयसम्म राजनीतिक उपलब्धि प्राप्तिका लागि लागेको चर्चा गर्दै अध्यक्ष दाहालले अब हामी सबै मुलुकको समृद्धिका लागि जुट्नुपर्ने बताए ।

उनले चितवनको विकास र समृद्धिका लागि आफू गृहजिल्ला आएको पनि बताए ।