मेलम्ची दोस्रो परियोजना ल्याउन डीपीआर बन्दै

काठमाडौं(इमेलखबर)—मेलम्चीको खानेपानी आउने बारे काठमाडौका जनता लामो समयदेखि आशावादी बन्दै आएकाछन् । अब भने सरकारले बैशाख २०७५ सम्म मेलम्चीको पानी काठमाडौ ल्याउने योजनामा लागेकोछ । यो परियोजना पुरा भए लगत्तै सरकारले दोस्रो परियोजना सुरु गर्ने बताएकोछ । दोस्रो परियोजना सम्पन्न हुन सके काठमाडौंमा पानीको समस्या लगभग सुल्झीने सरकारको दावीछ ।
यसका लागि परियोजना प्रतिवेदन(डीपीआर) निर्माण कार्यक्रम लगभग अन्तिम चरणमा पुगको छ । आयोजनाका प्रमुख रामचन्द्र देवकोटाका अनुसार तीन महिना भित्र डीपिआरको तयार भईसक्ने बताएका छन् ।


सरकारको योजना अनुसार मेलम्चीमा अझै दुई वटा खोला मिसाएर पानीको मात्रा तेब्बर विस्तार गर्ने बताएकोछ । पहिलो चरणको आयोजना सकिए लगत्तै देनिक १७ करोड लिटर पानी काठमाडौंमा उपलब्ध हुने विश्वास छ भने दोस्रो चरणको योजनामा तेब्बर हुदै ५१ करोड लिटर पानी प्राप्त हुने बताइएकोछ । त्यस्तै, खानेपानी तथा सरसपफाई मन्त्रालयको मेलम्ची आयोजनामा एडीबीको चासो समेत बढेकोछ ।
दोस्रो आयोजनाका झन्डै ३० करोड डलर (३१ अर्ब २० करोड रुपैया) खर्च अनुमान गरिएकोछ । सरकारले आयोजना पांच वर्ष भित्र पुरा गर्ने लक्ष्या राखेकोछ । डिपीआर तयार भए लगत्तै निर्माणधीन कार्य गर्न टेन्डर आव्हान गर्ने समेत सरकारले जनाएकोछ ।