पुत्र वियोगमा रहेका ‘प्रचण्ड’लाई ओलीले यस्तो लेखे मर्मस्पर्शी शोकपत्र

काठमाडौँ –  पुर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुत्र वियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मर्मस्पर्शी शोकपत्र लेखेका छन् ।

ओलीले आफ्नो आधिकारिक हस्ताक्षरसहित पार्टीको लेटरहेडमा प्रचण्डपुत्र प्रकाश दाहालको निधनपछि सोमबार शोकपत्र लेखेका हुन्। उनले प्रकाशको निधनले आफूलाई स्तब्ध र भावविह्वल बनाएको उल्लेख गरेका छन् ।

‘यो चुनौतीपूर्ण घडीमा उहाँको निधनबाट सिर्जना भएको रिक्तता र पुत्र वियोगको पिडा दुवै बिशेषगरि तपाइँले सामना गर्नुपर्ने कष्टपूर्ण कार्यको रुपमा मैले लिएको छु’ ओलीद्वारा लेखिएको शोकपत्रमा उल्लेख छ।

निर्वाचनमा वाम गठबन्धनको एक प्रमुख नेताको जिम्मेवारी र यहीबेला पुत्र वियोगमा प्रचण्डको दोहोरो पीडाको अनुभूति आफूले पनि गरिरहेको उनले लेखेका छन् ।