प्रचण्ड पुत्र प्रकाशको निधन भएका कसरी थाहा पायो फेसबुकले ? हेर्नुस यसरि गर्यो परिवर्तन !

 

मंसिर ५, काठमाडौं – फेसबुकले आइतवार निधन भएका प्रचण्ड पुत्र प्रकाश दाहालको फेसबुक आफसेआफ परिवर्तन गरिदिएको छ । फेसबुकले दाहालको फेसबुकमा अहिले उनको प्रोफाइलको नाम माथि ‘Remembering Prakash Dahal’ भन्ने शब्द हालिदिएको छ , जुन मृत्यु भईसकेको मानिसको फेसबुकको एकाउन्टमा आफैं देखिन्छ । विश्वमा झन्डै आधा जनसंख्याले फेसबुक चलाउँछन् । ति मध्ये दैनिक हजारौंको मृत्यु भईरहेको हुन्छ । फेसबुक आफैंले जो जो प्रयोगकर्ता मर्छन, सबैको एकाउन्ट परिवर्तन गर्न भने सक्दैन । तर जो व्यक्ति मर्छ र उसलाई समवेदना भन्दै उसको फोटो सेयर गर्ने तथा फेसबुक मार्फत दुःख व्यक्त भएपछी फेसबुकले त्यस्ता व्यक्तिको एकाउन्टलाई memorialized accounts को रुपमा परिवर्तन गरिदिन्छ । प्रकाशको फेसबुक एकाउन्ट पनि यस्तै भएको हुन सक्ने बताइन्छ । ।

आइतबार मृत्यु भएका प्रकाश दाहालको फोटोहरु सामाजिक संजालमा लाखौँले श्रद्धान्जली दिंदै पोष्ट गरेको कारण पनि फेसबुकले उनको मृत्यु भएको भन्ने बुझेर उनको फेसबुक परिवर्तन गरेको हुन सक्छ । लगातार फेसबुकमा प्रकाश दाहालको फोटो हाल्दै उनको मृत्युबारे पोष्टहरु सेयर गरिएका थिए ।
एजेन्सीको सहयोगमा