गणतन्त्र स्मारक निर्माण अन्तिम चरणमा, जेठ १५ मा सर्वसाधारणका लागि खुला गरिने

मंसिर ५, काठमाडौं – नारायणहिटी राजदरबारभित्र निर्माणधीन बहुप्रतीक्षित गणतन्त्र स्मारक अगामी गणतन्त्र दिवसको दिन देखि सर्वसाधारणका लागि खुला हुने भएको छ । सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक मणिराम गेलालले नारायणहिटी दरबार भित्र ३५ रोपनी जग्गामा निर्माणाधीन गणतन्त्र स्मारकको उद्घाटन अगामी वर्षको गणतन्त्र दिवस (२०७५ जेठ १५) का दिन गरी सर्वसाधारणका लागि खुला गरिने जानकारी दिए । यो स्मारकको उद्घाटन राष्ट्रपति वा प्रधानमन्त्री को बाट गराउने बारे अहिले तय भइ नसकेको उनले बताए।
स्मारक निर्माणका लागि सुरुमा नारायणहिटी दरबारको ८२ रोपनी जग्गा उपलब्ध गराउने निर्णय भएको थियो । तर सुरक्षा संवेदनशीलता देखाउँदै नेपाली सेनाले ३५ रोपनी जग्गा मात्र उपलब्ध गराएको थियो । जनआन्दोलनको प्रतीक, राजतन्त्रको बहिर्गमन र गणतन्त्रको आगमनको प्रतीकका रुपमा निर्माणाधीन गणतन्त्र स्मारकको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउँदै उपमहानिर्देशक गेलालले निर्माण भइसकेका संरचनाहरूको रङ–रोगन, तिनीहरूको सञ्चालनको तयारी तथा डेकोरेसन कार्य भइरहेको जानकारी दिए । उनका अनुसार, अहिले स्मारकमा प्राण भर्ने काम भइरहेको छ ।
गोरखापत्रबाट