प्रचण्ड पीडा : ‘परिवार सम्हाल्नै गाह्रो छ’

काठमाडौं(इमेलखबर)—छोरो प्रकाश दाहालको असामहिक निधनले मर्महात भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यतिबेला आफ्नो परिवार सम्हाल्न गाह्रो भएकोछ ।

सोमबार बिहान लाजिम्पाटस्थित निवासमा भेट्न आएका आफन्तजनलाई धन्यवाद दिदै संवेदनामाथि हार्दिकता जनाएका थिए । उनले प्रकाशको दाहसंस्कारमा भेट्न आएका आफन्त नै अभिभावक भएको महशुस गरे ।
राजनीतिक पार्टिको हैसियतले जिम्मेवारी बोध छ । त्यसैले पीडा सम्हाल्ने धैर्य राख्नु पर्छ । तर, परिवारका सदस्यलाई भने कसरी सम्हाल्ने ? गाह्रो परेको अध्यक्ष प्रचण्डले सुनाए ।