काठमाडौ— बर्षा राउत एक चर्चित नायिका हुन । उनी चलचित्र नाइ नभन्नु ल ४ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन । उनले अभिनय गरेका चलचित्रहरु जात्रा, छक्का पञ्जा र छक्का पञ्जा २ ले ५१ दिन समेत मनाउन सफल भइसकेको छ । प्रस्तुत छ उनीसग गरिएको छोटो सवाल जवाफ —
अहिले केमा व्यस्त हुनुहुन्छ ?
म्युजिक भिडियो र बिज्ञापनमा व्यस्त छु ।
अहिले सम्म कति वटा फिल्म खेल्नु भयो ?
अहिले सम्म ५ वटा फिल्म खेलेको छु ।
आफनो आईडलको रुपमा कसलाई लिनुहुन्छ ?
प्रियंका कार्कीलाई
एकदिन चरा बन्न पाउनु भयो भने कहाँ पुग्नुहुन्छ ?
एकदिनको लागी मात्र हो भने म मुुस्ताङ पुग्छु ।
तपाईसग कहिल्यै नछुट्ने सामान के हो ?
हाहाहा…….मोबाईल
एकदिन डेटिङ जानपाएकोसग जानुहुन्छ ?
अः अः वरुण धवलसग
अरुले मन पराउने तपाईको बानी के होला ?
म एकदमै छिटो घुुलमिल हुन्छु ।
प्रेम प्रस्ताव कत्तिको आउछ नि?
आईरहन्छ तर खासंै वास्ता गर्दिन ।
एउटा अवस्मरणीय क्षण ?
फिल्मीखवरले व्यति सम्मान प्रदान गरेको दिन ।
बिहे कहिले गर्नुहुन्छ ?
अहिले कुनै योजना छैन करियरलाई फोकस गरिरहेको छु ।
तपाईका बुझाईमा जिन्दगी के हो ?
जिन्दगी दु ख सुखको भोगाई हो ।
प्रस्तुती ः प्रकृतीदाहाल