काठमाडौ —नेकपा माओवादी केन्दका अध्यक्ष पुुष्पकमल दाहाल (प्रचण्ड) का छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भएको छ । काठमाडौको नर्भिक अस्पतालमा आइतबार बिहान उनको निधन भएको हो । अन्तीम श्रदाञ्जलीका लागी उनको शरीर अहिले पार्टी कार्यलय पेरिस डाडामा राखिएको छ । आजै ४ बजे भित्र उनको पशुुपतिमा अन्तिम संकार गरिने भएको छ ।
उनीप्रति अहिले समबेदना दिनेहरुको ओइरो लागेको छ । नेताहरुले उनी प्रति यसरी समबेदना प्रकट गरेका छन ।
4 hrs · पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले मर्माहत भएको छु। मृतकप्रति हार्दिक श्रद्घान्जली र शोकाकुल परिवारजनलाई यस दुखद घडिमा हार्दिक समवेदना व्यक्त गर्दछु।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको असामयिक निधनको खबरले मर्माहत बनाएको छ ।स्वर्गीय प्रकाशप्रति हार्दिक श्रद्धान्जली ।शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ।
प्रकाश दाहालको असामयिक निधनले स्तब्ध भएको छु। उनको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु!
साथै पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना!
5 hrs · पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका सुपुत्र प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तव्ध र मर्माहत भएको छु।मृतकप्रति हार्दिक श्रद्धांजली र शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना प्रकट गर्दछु!
3 hrs ·
यस्तो वियोग कसैको परिवारलाई नपरोस्। प्रकाश दाहालको आत्मालाई चीर शान्ति र परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस्! हार्दिक श्रद्धाञ्जली!