मंसिर २, काठमाडौ — नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ का लागि पार्टीको घोषणापत्र शुक्रबार सार्वजनिक गरेको छ । भारतीय दलाल र भ्रष्टाचारीहरूलाई हराऔं भन्ने मूल नाराका साथ विज्ञप्तिमार्फत घोषणापत्र सार्वजनिक गरिएको हो ।
घोषणापत्रमा स्थानीय तह र प्रदेश सरकारहरूबाटै नमुना विद्यालय, कलेज र विश्वविद्यालय स्थापना गरी समाजलाई बुद्धिजीवीकरण गर्ने पार्टीको उद्देश्य रहेको उल्लेख छ । ठूला दलका घोषणापत्रलाई जनताले ‘महŒवाकांक्षी’ र ‘आश्वासनको पोको’ को संज्ञा दिएका बेला नेमकिपाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । पार्टीले आफ्ना मतदातालाई घोषणापत्रमाथि छलफल र अन्तक्र्रिया गरेर सुझाव दिन आग्रह गरेको छ ।