अस्ट्रेलियामा धेरै काम पाउनेमा नेपाली आप्रवासी

काठमाडौं(इमेलखबर)—अस्ट्रेलियामा आप्रवासी मुलुक मध्ये बेरोजगारि दर कम हुने मध्ये नेपाली भाषी रोजगारी सुचीको अग्रस्थानमा रहेको तथ्या प्राप्त भएकोछ ।
अस्ट्रेलियाको तथ्यांक विभागले सन् २०१६ को जनगणनाको आंकडा सार्वजनिक गर्दै नेपाली मुलुकका बासिन्दाको बेरोजगारी दर २० दशमलव ८ प्रतिशत रहेको तथ्यांक उल्लेख छ । जस अनुसार पांच नेपाली युवा मध्ये, चारले काम पाएउने गरेको देखिएकोछ ।
विभागले सन् २०१६ को जनगणनाको आंकडा सार्वनिक गर्दै यो तथ्यांक निकालेको हो । ७९.२ प्रतिशन नेपाली मुलका युवाले काम पाएका छन्। १५ वर्ष उमेर समुहदेखि माथिका मानिसको रोजगारी सम्बन्धी अनुसन्धान गरिएको थियो । त्यसपछि जिम्बाबे, ब्राजिल, दक्षिण अफ्रिका लगायत मुलुकका मानिसले रोजगार पाएका छन् ।