माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला कांग्रेसमा प्रबेश

कार्तिक २६ काठमाडौ —  प्रदेश तथा प्रतिनिधि सभाको चुुनाव नजिकिदै गर्दा पार्टी प्रबेश गर्नेहरु लर्कौ नै लागेको छ । बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय रहदै आएकी माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।
आइतबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच कोइरालालाई पार्टीमा स्वागत गरे ।
उनी मुलुकको आर्थिक बृद्धि र समृद्धि कांग्रेसबाट मात्रै सम्भव भएको भन्दै कांग्रेसमा प्रवेश गरेकी हुन ।