बाम गठबन्धनको विजय हुने दावी— विश्वकर्मा

काठमाडौं(इमेलखबर)—नेकपा एमालेका स्थायि समीति सदस्य छविलाल विश्वकर्माले बाम पन्थी गठबन्धनका उम्मेदवारहरुको विजय हुने दावी गरेका छन् । रुपन्देही १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका विश्वर्कमाले तिलोत्तमाको पत्थरडांडामा भएको अगुवा कार्यकर्ता भेलामा यसो भनेका हुन् । कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले बाम गठबन्धन देशको सम्बृद्धि र स्थिरताका लागि भएको बताए ।
साथै भेलामा सहभागी प्रदेश सभा १ क का उम्मेदवार सरिता मिश्र, प्रमोद यादव, गुणाखर भुसाल, वासुदेव घिमिरे, जागेश्वरी चौधरी लगायतले विचार राखेका थिए । यज्ञ गैरेको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलामा ७५ सदस्यीय निर्वाचन परिचालन मुल कमिटि गठन गरिएको छ । जसको संयोजन यज्ञ गैरे र सह संयोजन हेमन्त शर्माले गरेका छन् ।