भारतले पेट्रोलियम पाइपलाइनको स्थलगत अनुगमन र अध्ययन गर्ने

इमेलखबर
काठमाडौं, २४—भारतीय आयल कार्पोरेशन आइओसोसीको टोलीले नेपाल भारत पेट्रोलियम पाइपलाइनको प्रगति बुझ्न नेपाल आएकोछ । बिहिबार आएको भारतीय टोलीले पाइपलाईन विस्तारमा भइरहेको प्रगति, भौगोलिक अवस्था र निर्माण प्रक्रिया बो बुझ्न आएको हो । अनुगमन टोलीमा सदस्यीय भारतीय छन् ।
आयल निगमका प्रवक्ता बीरेन्द् गोइतका अनुसार अहिले सम्मको कार्य प्रगतिको समीक्षागत छलफल समेत भएको बताए । टोलीले शुक्रबार र शनिबार गरि दुई दिन रक्सौल, विरगञ्ज, अमलेखगञ्जको स्थलगत अनुगमन गर्ने छ । आइओसीले पाइपलाइन बिछ्याउन सम्पुर्ण प्रक्रिया पुरा गरेको र पाइपका लागि टेन्टर समेत आव्हान गरि कम्पनी पनि छनोट गरेको जानकारीमा आएकोछ ।