प्रिन्टमेकिङ कार्यशालाको सुरुवात

काठमाडौं, २० कातिक । नेपाल आर्ट काउन्सिल बबरमहलमा सोमबारदेखि १० दिने प्रिन्टमेकिङ कार्यशालाको सुरुवात् भएको छ । प्रिन्टमेकिङ नेपालको आयोजनामा भएको सो कार्यशालाको अग्रज कलाकार उर्मिला उपाध्याय गर्गले एक समारोहका बीच उद्घाटन गरीन ।
पहिला नेपालमा प्रिन्टमेकिङप्रति कलाकार तथा आम मानिसको रुचि कम थियो अहिले कलाकार तथा पारखीको पनि रुचि यसप्रति बढ्दै गएको उपाध्यायले जनाइन ।
‘प्रिन्टमेकिङ पनि पेन्टिङ जत्तिकै महत्वपूर्ण छ । पेन्टिङको जस्तै यसको पनि एक्स्प्रेशन भ्यालु रहेको छ,’ नेपाल प्रिन्टमेकिङ नेपालका अध्यक्ष उमाशंकर साहल उमाशंकरले बताए ।
कार्यशालाले एकअर्का कलाकार बीच टेक्निक सिक्ने र ज्ञान आदानप्रदानका लागि महत्वपूर्ण भूमिका खेल्ने एक सहभागी कलाकार अनिता भट्टराई खनालले बताइन् ।
कार्यशालामा ५० जना कलाकार तथा विद्यार्थी सहभागी रहेका छन् ।