अपराजीत प्रधानमन्त्री देउवाको चुनावी भविष्य कस्तो रहला ?

काठमाडौं(इमेलखबर)—प्रधानमन्त्री शेरबहदुर देउवाको निर्वाचन अनुभव सधै सफल रह्यो । उनी प्रतिनिधिसभामा गृह जिल्ला डडेल्धुराबाट चुनावमा भिड्ने भएका छन् । २०४८ देखि निर्वाचनमा उनी गृहजिल्लाबाटै सुरु गरेका छन् । रमाइलो पक्ष के छ भने उनी अहिले सम्म चुनाव हारेका पनि छैनन । अबको प्रतिनिधि सभाको चुनावमा उनको सम्भावना र खतरा के होला ? संचार माध्यममा यतिबेला चर्चाको विषय बनेको छ ।
बाम गठबन्धन पछि उनको राजनीतिक अवस्थामा केहि धुलमुल देखिन्छ । राजनीतिमा चाखो राख्नेहरु देउवाको भविष्यबारे चिन्तीत छन् । देशमा चौथो पटक प्रधानमन्त्री भएका देउवाको राजनीतिक सांख यसरी नै हरियो भईरहला ? त्यो त चुनावपछिको नतिजाले नै बताउला ।
अहिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेलधुरामा एउटा मात्र निर्वाचन क्षेत्र परेकोछ । देउवालाई धक्का पुराउनकै लागि बाम गठबन्धनले नेता खगराज भट्टराई लाई चुनावी मैदानमा उठाएकोछ । गठबन्धनले देउवामा थप चुनौति थपिएको सहजै अनुमान लगाउन सकिन्छ । साथै पछिल्लो समय विभिन्न स्क्यान्डलमा परेका देउवाको आफ्नै व्यक्तिगत कारणले पनि चुनावमा समस्या देखिन सक्छ । जनता संग रुखो बोली र जम्बु मन्त्रीमण्डल गठन उनको पछिल्ला मुख्य स्क्यान्डल हुन् । अनलाइन खबरले देउवाको जित र हार हुने सम्भावना माथि गरेको रिर्पोटका आधारमा इमेलखबरले यो संक्षिप्त जानकारी दिएको हो ।