एमाले उम्मेदवार नवराज सिलवाल विरुद्ध उजुरी

कात्तिक १८, काठमाडौं – नेपाल प्रहरीका पूर्व डिआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार नवराज सिलवाल विरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ । सिलवाल नै उठेको क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका विकाससिंह तामाङले निर्वाचन कार्यालयमा शुक्रबार उजुरी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय ललितपुर क्षेत्र नम्बर १ ले जानकारी दिएको छ । एमाले–माओवादीको वाम गठबन्धनले ललितपुरबाट प्रतिनिधिसभाका लागि टिकट दिएपछि सिलवालले बिहीबार मनोनयन पनि दर्ता गराइसकेका छन् । तामाङले निर्वाचन कार्यालयमा दिएको उजुरीमा सिलवाल उम्मेदवार बन्न योग्य नै नभएको जिकिर गरिएको छ । एक महिना अघि मात्रै एमालेमा प्रवेश गरेका सिलवाललाई एमालेले प्रतिनिधिसभाको टिकट दिएपछि चुनावी अभियानमा होमिएका छन् । उनका प्रमुख प्रतिस्पर्धीमा नेपाली कांग्रेसका उदय शमशेर राणा रहेका छन् ।

नेपाल समाचारपत्रबाट