आयल निगमले इन्धनको मूल्य बढायो

 

कात्तिक १६, काठमाडौं – नेपाल आयल निगमले इन्धनको मूल्यवृद्धि गरेको छ । आयल निगमले बुधबार रातको १२ बजे देखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ, डिजेल र मट्टितेलमा एक रुपैयाँ ५० पैसा र खाना पकाउने ग्याँसमा प्रति सिलिन्डर २५ रुपैयाँ वृद्धि गरेको हो । निगमका निमित्ति कार्यकारी निर्देशक सुसिल भट्टराईका अनुसार अब उपभोक्ताले प्रतिलिटर पेट्रोल खरिदमा एक सय र डिजेल र मट्टितेल खरिदमा ७५ रुपैयाँ ५० पैसा र ग्याँसमा प्रतिसिलिन्डर १३ सय ५० तिर्नु पर्ने हुन्छ । निगमले आइओसीबाट नयाँ आएको मूल्य सूची अनुसार इन्धनको मूल्य समायोजन गरेको जनाएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा समेत कच्चा तेलको मूल्य बढिरहेको छ । मूल्य समायोजन नगरेको अवस्थामा निगमलाई अबको एक महिनामा २२ करोड घाटा हुने अवस्था आएपछि मुल्यवृद्धि गरेको भट्टराईको भनार्इ छ । मूल्य समायोजन पछि निगमलाई अब यो महिना ४ करोड नाफा हुनेछ । अघिल्लो महिना निगमले १६ करोड नाफा गरेको थियो ।
अन्नपूर्णपोष्टबाट