काममा अनियमितको आरोपी वडासचिव आफैँले लगाए वडा कार्यालयमा ताला

 

कात्तिक १५, रौतहट – रौतहटको एक नगरपालिकाका वडा सचिव आफैँले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । वडाअध्यक्षको निर्देशन विपरित काम गरेको र वडाअध्यक्षले अनियमित काम नगर्न भनेपछि वडा सचिव स्वयंले वडा कार्यालयमा तालाबन्दी गरेर काम नगरेपछि स्थानीयले नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन् । जिल्लाको वृन्दावन नगरपालिकाको वडा नं ४ का वडा सचिव होसनारायण राय यादव र प्राविधिक सहायकले वडा कार्यालयमा आफैंले तालाबन्दी गरेर काममा नगएपछि सो वडाका वासिन्दाले मंगलबार बिहानैबाट नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन् । स्थानीयले वडा सचिव र प्राबिधिक सहायकको सरुवा र कार्वाहीको माग गर्दै नगरपालिकाको कार्यालयमा धर्ना दिएका हुन् । कर्मचारीले सेवाग्राहीसँग रकम लिएर काम गरेको सो विषयमा आफुले कारबाही गर्ने बताएपछि कर्मचारीले नै कार्यालयमा तालाबन्दी गरेको सो वडाका वडाअध्यक्ष स्यामनन्दन यादवले जानकारी दिए ।

नयाँपत्रिकाबाट