मंगलबार कांग्रेसमा तीन जना नेताको पार्टी प्रवेश

कार्तिक १४, काठमाडौ—चुनावी माहोलको प्रभाव यति बढ्दै छ की विभिन्न पार्टीका नेताहरु धमाधम पार्टी परिवर्तन गर्नमा लागेका छन् । केहि दिन अघि नया शक्तिका केहि नेताले  माओवादी पार्टीमा प्रवेश गरेका थिए भने मंगलबार माओवादी केन्द्रबाट विनाविभागीय राज्यमन्त्री शुम्भुलाल श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेकाछन् ।
साथै एमालेका पुर्वसांसद मोहनसिंह राठौंर र रवनी चौधरी पनि कांग्रेस पार्टीमा प्रवेश गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विशेष कार्यक्रममाझ उनीहरुलाई पार्टी प्रवेश गराईएको हो ।