राजनीतिक दलहरु सिट बाडफाडमै व्यस्त

 

कार्तिक १३, काठमाडौं—प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको तयारीमा रहेका विभिन्न पार्टीहरुको सिट बाडफाडमा छलफल अझै जारी छ ।
बांकी रहेका क्षेत्रका सिट बांडफांडबारे कांग्रेसको छलफल जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पनि बैठक बसेको हो ।
प्रधानमन्त्री सचिवालयका अनुसार कांग्रेसको संसदीय समितिले आजै केहि टुंगो लगाउने जनाएको छ । पछिल्लो केहि दिन देखि संसदीय समितिको बैठक जारी छ । पार्टी भित्र उम्मेदवारबिच सिट बाडफाडमा सहमति जुटाउन नसकेपछि कांग्रेसले बैठक जारी राखेको हो । यस्तै अवस्था अन्य पार्टीमा पनि छ ।
राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम सहितको लोकतानत्रीक गठबन्धनको कार्यदलमा पनि सिट बाडफाडमा सहमति हुन सकेको छैन । राजपा र संघीय समाजवादी फोरमको पनि अवस्था उस्तै छ ।