कार्तिक १२, काठमाडौं—गायिका मिलन अमात्य भारतको आसामबाट गायकी करिअर सुरु गरेकी हुन् । उनी नेपालमा आएको छोटो समयमै र्चचाको शिखर चुम्ने गायिका मध्ये पर्छिन् ।
आसाममा उनी सेलेब्रीटि गायिका थिइन् । नेपालमा आएर संगीतमा करिअर बनाउने सपना बोकेकी मिलनले यतिबेला भने हिन्दी गीत गाउने अवसर पाएकी छन् । नेपालमै बसेर यो अवसर पाउनु उनको लागि खुसिको विषय हो नै त्यसमा पनि नेपाली सांगीतिक क्षेत्रको सफलता समेत मान्नु पर्छ ।
मिलनले फेशबुकमा गीत रेर्कड गर्दै लाइभ भिडियो अपडेट गरेकी छिन् । जहा उनले हिन्दी फिल्म ‘अन्दाज तेरा मेरा’ मा प्लेव्याक फिमेल भोकल दिएको बताएकी छन् । हिरारत्न शीरिशको शब्द, विश्वास नेपालको संगीत र आदेश गर्वुचामको संगीत संयोजन रहेको छ ।
हिन्दी फिल्ममा गाउदै मिलन अमात्य
