विर्तामोड गोलिकाण्ड : प्रहरीले अनावश्यक हस्तक्षेप गर्दा हिंसा भड्किएको निष्कर्ष

 
कात्तिक १२,विर्तामोड – झापाका राजनीतिक दल र स्थानीय प्रशासन प्रमुख सम्मिलित बैठकले विर्तामोडमा बालक हत्याको विषयमा शुक्रवार भएको प्रदर्शन माथि प्रहरीले अनावश्यक बल प्रयोग गर्दा हिंसात्मक अवस्था सिर्जना भएको निष्कर्ष निकालेको छ । शान्तिपूर्ण जुलुसमा हस्तक्षेप भएपछि आक्रोसित प्रदर्शनकारी तोडफोडमा उत्रिदा झडपको अवस्था आएको भन्दै शनिबार बैठकले घटनामा इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख डीएसपी राजकुमार सिलवालको भूमिका मुख्य जिम्मेवार रहेको ठहर गरेको हो ।

घटनाको विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र झापाका प्रहरी प्रमुख एसपी विष्णुबहादुर केसी समेत सम्मिलित सर्बपक्षीय बैठकले डीएसपी सिलवालको भूमिका उपर छानविन गरी प्रहरी नियमावली अनुसार आवश्यक कारवाही गर्न गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी एमाले नेता एकराज कार्कीले बताए ।
नयाँपत्रिकाबाट