पुनर्निर्माण प्राधिकरणका सीईओ भुसालले आजबाट कार्यभार सम्हाल्दै

कात्तिक ७ काठमाडौं — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त सीईओ युवराज भुसालले आजबाट कार्यभार सम्हाल्दैछन् ।
सीईओ भुसालले शुरुमा कर्मचारीहरुबाट ब्रिफिङ लिने र त्यसपछि योजना बनाएर काम शुरु गर्ने भएका छन ।
०७२ बैशाखको गोरखा भूकम्पले क्षति र्पुयाएका संरचना निर्माण गर्न गठन भएको प्राधिकरणमा हालसम्म चारपटक सीईओ परिवर्तन भइसकेका छन् । तर पीडितको पक्षमा प्रभावकारी काम हुन सकेको छैन । प्राधिकरण राजनीतिक चलखेल गर्ने थलो बनेकाले भूकम्प पीडितहरु अझैसम्म पनि टहरोमै बस्न बाध्य छन् ।