माओवादीका सबै मन्त्रीको जिम्मेवारी खोसियो

कार्तिक १ ,काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका सबै मन्त्रीको जिम्मेवारी खोसेका छन्। मंगलबार बिहान प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीचको भेटमा देउवाले जिम्मेवारी खोस्ने चेतावनी दिएका थिए । यद्यपी माओवादी मन्त्रीले राजीनामाको तयारी गरेका भए पनि निर्वाचन आयोगबाट देउवाले चुनाव सार्ने योजना बनाएको सूचना पाएको भन्दै माओवादीका सबै मन्त्रीको राजीनामा रोकिएको थियो। सत्तारुढ माओवादीले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल एमालेसँग गठबन्धन गर्ने निर्णय गरेपछि रुष्ट बनेका देउवाले यसअघि नै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा लगिसकेका छन् ।

अन्नपूर्णपोष्टबाट