एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित

असोज ३१,काठमाडौँ – काठमाडौं गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको हिजो भएको निर्वाचनमा भवन भट्टको समुहले विजय हासिल गरेको छ । घोषित मतगणना अनुसार अध्यक्षमा भवन भट्टले एक हजार एक सय ९७ मत ल्याएर विजयी हुनु भएको छभने जमुना गुरुडको ६ सय ४० मत प्राप्त भएको छ । अपरान्ह ५ बजेबाट शुरु भएको मतदान राती १ बजे सकिएलगत्तै भएको मत गणनाको नतिजा राती २ बजे घोषणा भएको हो । विधुतीय मतदान भएकोले मतपरिणाम छिटो आएको हो ।

त्यसैगरी उपाध्यक्षहरुमा कुमार पन्त र कुल आचार्य विजयी भएका छन । जसमा कुमार पन्तले एक हजार ३० मत पाएका छन भने कुल आचार्यले ६ सय ४४ मत पाएका छन । अन्य उपाध्यक्षका उम्मेदवारहरुमा चिरन्जीवि थापाले ३ सय ८०, खगेन्द्र जिसीले ३ सय ४९, सोनाम लामाले ४ सय ३६ र रविना थापाले २ सय ६४ मत पाएका छन ।
महिला उपाध्यक्षमा सफिलाराज भण्डारीले एक हजार ५४ मत ल्याई विजयी भएकी छिन भने उनका प्रतिद्धन्द्धी रन्जु थापाले ६ सय ३५ मत पाएकी छिन । महासचिवमा पुन डा बद्री केसीले ७ सय ६७ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँका प्रतिद्धन्द्धीहरु यम कुमार गुरुडले ५ सय ३८ र अर्जुन श्रेष्ठले ३ सय ६४ मत ल्याएका छन ।
त्यसैगरी २ सचिव पदका लागि भएको निर्वाचनमा सचिवमा डम्बर बहादुर क्षेत्री ६ सय ६ र जानकी गुरुड ६ सय ५५ मत ल्याएर विजयी भएका छन भने सचिवका अन्य उम्मेदवारले क्रमश गणेश केसीले ६ सय ५३, डा देवी बहादुर बस्नेतले ३ सय २१, ऋषिराम कडेलले १ सय ९ र सन्तोष भट्टराईले ४ सय ९७ मत ल्याएर विजयी भएका छन ।
कोषाध्यक्ष पदमा हिक्मत बहादुर थापाले एक हजार ३८ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिद्धन्दी मुछेत्र गुरुडले ६ सय ५३ मत ल्याएका छन । सहकोषध्यक्षमा सोम सापकोटाले एक हजार २४ मत ल्याएर विजयी भएका छन भने प्रतिद्धन्द्धी चक्र बहादुर थापाले ५ सय २६ मत ल्याएका छन । त्यसैगरी महिला संयोजकमा रजनी प्रधानले ९ सय २ मत ल्याएर विजयी भएकी छिन भने प्रतिद्धन्द्धी भोमा लिम्बुले ६ सय ७६ मत ल्याएकी छिन । युवा संयोजकमा सुदन कुमार थापाले ४ सय ९७ मत ल्याएर विजयी भएका छन भने लोक राज शर्माले ३ सय ९ , स्वतन्त्र प्रताप शाहाले ४ सय ९०, र दिपक वलीले २ सय ७९ मत ल्याएका छन ।
त्यसैगरी क्षेत्रिय संयोजकहरुमा अमेरिका क्षेत्रबाट संयोजकमा गौरीराज जोशीले एक सय १८ मत ल्याएर विजयी भएका छन भने नविन शेरचनले ७५ मत ल्याएर विजयी भएका छन । अमेरिका क्षेत्रको महिला उपसंयोजकमा संगीता लम्साल सिवाकोटी निविरोध भएकी छिन भने युवा संयोजकमा डा बर्षा मोक्तान पनि निर्विरोध भएकी छिन ।
यूरोप क्षेत्रबाट संयोजकमा शिव प्रसाद बरुवालले १ सय ४२ मत ल्याएर विजयी भएका छन भने दुई उपसंयोजक पदमा एकराज गीरिले १ सय ४४ मत र गोविन्द गौतमले २ सय ४ मत ल्याएर विजयी भएका छन । युरोपबाट महिला उपसंयोजकमासंगीता मरहट्टाले ३ सय ११ मत ल्यायी विजयी भएकी छिन भने यूवा संयोजकमा जयकृष्ण ठाकुर निर्विरोध निर्वाचीत भएका छन ।
ओसियानाबाट संयोजकमा धर्मराज अधिकारीले ८४ मत ल्यायी विजयी भएका छन भने उपसंयोजकमा ईश्वर कुईकेल र लोकनाथ पौडेलले १, १ मत पाएका थिए । गोला प्रथाबाट परिणाम घोषणा गरिने निर्वाचन आयोगले जानएको छ । महिला उपसंयोजकमा प्रीति शर्माले ९८ मत ल्याई विजयी भएका छन । ओसिनीयाबाट युवा संयोजकमा ऋषिराम आचार्यले १ सय ४ मत ल्यायी विजयी भएका छन ।
एसिया प्यासिफिकबाट संयोजकमा किरण विक्रम थापाले एक सय २९ मत ल्यायी विजयी भएका छन भने २ पदका लागि भएको उपसंयोजकमा विनाद कुंवरले एक सय ४५ र पारशमणी शर्माले एक सय ५३ मत ल्याएर विजयी भएका छन । एसिया प्यासिफिकबाट महिला उपसंयोजकमा जुनुमाया गुरुड र निर्विरोध भएकी छिन भने युवा संयोजकमा कुनै उम्मेदवारी नै परेको छैन ।
अफ्रिकाबाट संयोजकमा सुनिल कार्की निविरोध भएका छन भने २ उपसंयोजक पदका लागि डा भुवन ढकाल र शिव शर्मा पौंडेल निर्वाचित भएका छन । महिला संयाृजकमा मनकला विष्ट थापा र युवा संयोजकमा बाबुराम लुईटेल निर्विरोध निर्वाचीत भएका छन ।
मिडिल ईष्टबाट क्षेत्रिय संयोजकमा राजेन्द्र शर्माले २ सय ६९ मत ल्याएर विजयी भएका छन भने उपसंयोजकमा गोपाल कडेल र हंसराज ढकाल निविरोध निर्वाचित भएका हुन । महिला उपसंयोजकमा यासयीन बेगम निर्विरोध निर्वार्चित भएका छन भने युवा उपसंयोजकमा राजकुमार बस्नेत निर्विरोध निर्वाचित भएका हुन । नवनिर्वाचित पदाधिकारीहरुलाई आज हुने एक कार्यक्रमकाबीच पदतथा सपथ ग्रहण गराईने निार्वचन आयोगले जानएको छ ।