तिहारमा सात करोड ५० लाख रुपियाँ बराबरको फूलको कारोबार हुने

 

असोज २९, काठमाडौँ- तिहारमा सात करोड ५० लाख रुपियाँ बराबरको फूलको मालाको कारोबार हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले तिहारका लागि १५ लाखवटा फूलका माला खरिद गरेको छ । प्रतिमाला ३० रुपियाँमा खरिद गरिएको माला प्रतिमाला ५० रुपियाँका दरले बिक्री गर्ने एसोसिएसनले जनाएको छ । जसको मूल्य सात करोड ५० लाख रुपियाँ हुन आउँछ ।
गोरखापत्रबाट