गौचनको हत्या भन्दा आधाघण्टा पहिले समातिएका ३ जना उनको हत्यारा कसरी भए ?

 
असोज २५, काठमाडौं – गृहमन्त्री जनार्दन शर्माले सोमबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि ३ जना हतियार सहित पक्राउ परेको दाबी गरेका थिए । उनले गौचनको हत्यामा संलग्नलाई चाँडै सार्वजनिक गर्ने दाबी पनि गरेका थिए । अनामनगरस्थित महासंघको कार्यालय जान सोमबार दिउँसो घरबाट हिँडेका गौचनलाई २ः ४५ बजे मध्यबानेश्वर खरीबोटमा सुटरले गाडिभित्रै गोली हानेर हत्या गरेका थिए । घटनाको करिब एक घन्टापछि मनमैजुमा एउटा पेस्तोल र तीन राउन्ड गोली सहित तीन जना पक्राउ परेको सूचना सार्वजनिक भएको थियो ।
छिरिङ तामाङ, सञ्जय तामाङ र दिलीप लामा घटनाको १५ मिनेटपछि पक्राउ परेको दाबी प्रहरीको थियो । गृहमन्त्रीको दाबीको आधार पनि घटना भएको समय र प्रहरीले दाबी गरेको पक्राउको समय नै थियो । विश्वस्त स्रोतका अनुसार काभ्रेका ती तीनजनालाई गौचनको हत्याको आधा घन्टा अघि महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेका थियो । उनीहरूलाई महाशाखाबाट डिएसपीको कमान्डमा खटिएको टोलीले पक्राउ गरेको थियो ।
नागरिकबाट